
‘ अ ..गाउंको सधैं सम्झना आइरहन्छ
किन किन मन मेरो रोईरहन्छ ,
काली गण्डगी, आशुको समुन्द्र भयो जिन्दगी’
एक दशक अघि चर्चामा रहेको यो गीतमा आवाज भर्ने गायक जीवन शर्मा यतिबेला दुबइमा छन ।
भर्खरै बैवाहिक सम्बन्धमा बाधिएका कलिलो योवन उर्लदै गरेको युवालाई बिदेशिनु पर्दाको बाध्यता र साहुको ऋणले बिदेशमा आएपछिको पिडालाई शब्द सङ्गीतमा भरेका गायक जीवन शर्मा यतिबेला त्यही युवा जमातलाई भेट्न खाडी मुलुक यूएईको दुबइमा आएका हुन ।
गायक शर्माले गत शुक्रबार देखि यूएईका बिभिन्न मजदुर क्याम्पमा पुगेर नेपाली कामदारलाई भेटीरहेका छन । रत्तिमको टोलीले त्यही लेबर क्याम्पमा आफ्नो रात गुजारिरहेका छन । नेपाली कामदारले काम गर्ने कम्पनीका फ्याक्ट्री र मजदुरक्याम्प तथा नेपालीहरुको बसाइ रहेका ठाउँमा उनीहरु बस्ने गरेका छन ।
यूएईमा अधिकांश नेपाली कामदार रहेको मजदुर क्याम्प अल्कुज , सोनापुर तथा सारजाहमा रत्तिम टोलीले आफ्नो रात बिताइ सकेको छ ।
‘सिमली छायामा बसी भरिया लामो सास फेरेको
उमेर भई सक्यौ असी , झन ठुला दु:ख ले घेरेको ‘ ।
त्यसो त जीवन शर्मा बैदेशिक रोजगारीका लागि दुबइ आएका भने पक्कै होइनन ।

जनजिविका प्रत्यक्ष शब्द उकेल्ने र राष्ट्रप्रेमका ओतप्रोत गितीभावना पस्किने गायक जीवन शर्मा जनगायकको उपाधी बाट समेत परिचित छन् ।
सर्वाहाराको पक्षमा संगीतिक कोशेली मार्फत आफ्नो अभियान सन्चालन गर्दै आएको रत्तिम परिवार यूएईमा समेत ठुला होटलमा नबसी मजदुर क्याम्पहरुमा बसेकोले साच्चिकै रत्तिमले आफ्नो अभियानलाई प्रस्टाएको नेपाली बुद्दीजिवीहरुको भनाइ छ ।



