उमाकान्त पाण्डे – दुबइ, बैशाख – संयुक्त अरब इमिरेट्स यूएईको दुबइमा एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि दुई बर्ष अघि दुबइ आएका धादिङग सल्यानकोठ ८ का अशोक राना मगरको हृदयघातका कारण ज्यान गएको हो । दुबइमा रहेको गल्फ एन साफारे कम्पनीमा कार्यालय सहयोगीको रुपमा कार्यरत मगरको गत बिहीवार साँझ ज्यान गएको हो । उनी दुबइ बिमनस्थल नजिक रहेको कम्पनीको कार्यालयमा कार्यरत थिए ।
बुधवार राती काम सकेर सुतेका उनी सधैंका लागि निदाइरहे ।
मगरको परिवार अहिले अचेत अवस्थामा छन ।