भोजपुरको प्याउलीमा चट्याङ लागेर एक जनाको मृत्‍यु

भोजपुर, वैशाख १८  – भोजपुर जिल्लाको प्याउली गाविस १ मा बिहीबार दिउँसो चट्याङ लागेर एक जनाको  मृत्‍यु भएको छ। 
दिउँसो चट्याङ पर्दा २४ बर्षका योगराज श्रेष्ठको घटनास्थलमै मृत्‍यु भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर लगिएको छ । 
चट्याङ लागेर प्याउली गाविस १ कै इन्दिरा विक सामान्य घाइते हुनुभएको छ ।

अन्य समाचारहरु