स्थानीय बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम जारी

काठमाडौं, वैशाख १९ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै शुक्रबार पनि स्थानीय बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । यस दिन पनि छापावाल सुन तोलामा २ सय सस्तिएर ५३ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ५३ हजार ७ सयमा आइपुगेको थियो ।


यस दिन तेजाबी सुन तोलाको ५३ हजार २ सय ५० मा कारोबार भयो । चाँदीको मूल्य पनि तोलाको १० रुपैयाँ सस्तिएर ७ सय ८० कायम भएको महासंघले जनाएको छ ।


अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ८४ डलरको हाराहारीमा कारोबार भएको थियो । IMAGEKHABAR