देशकै सहज ढुबानीको माध्यम बनेको ट्रकको भाडा दश बर्ष यता पहिलो पल्ट घट्यो

बारा, जेष्ठ ८ । देशकै सहज ढुबानीको माध्यम बनेको ट्रकको भाडा दश बर्ष यता पहिलो पल्ट घट्न पुगेको छ । 
कार्टेलिङ्ग र आलोपालो प्रणाली हटे पछि उत्पादित सिमित बस्तु बोक्न ट्रकहरु बीच ब्यापक प्रतिस्पर्धा हुंदा ढुबानी भाडा ह्वात्तै घट्न पुगेको हो ।
एक साता अघिसम्म वीरगञ्ज काठमाडौं प्रती टन २४ सयमा सामान बोकोको ट्रकले अहिले भाडा घटाएर बीरंगज काठमाडौं प्रति टन १८ सयमा झारेको छ । त्यस्तै पोखरा १५ सय, बिराटनगर ९ सय, भैरहबा ११ सय र नारायणघाट ८ सय रहेको ढुबानी ब्याबसायी महासंघले जनाएको छ । IMAGEKHABAR