शेयर बजार सकारात्मक, जलविद्युत समूहमा ५२ अंकको उच्च बृद्धि

काठमाडौं, जेष्ठ ८ । साताको अन्तिम दिन बिहीबार पनि शेयर बजार सकारात्मक रह्यो । बजार परिसूचक नेप्से साढे ३ अंक बढीले सुधार भएर ८ सय ५२ दशमलब शून्य ६ मा पुग्यो । कारोबार भएका अधिकांश समूह हरियो रहेसँगै नेप्से सुधारिएको हो ।
कारोबार सुरु भएदेखि नेप्से धनात्मक रहेको थियो । जलविद्युत समूहमा ५२ अंकको उच्च बृद्धि भयो । अन्य समूह साढे १० अंकले बढ्यो ।
यस दिन १ सय ४२ कम्पनीको ९ लाख कित्ता शेयर ४६ करोड ८२ लाख रुपैयाँ बराबरमा खरिद