गोविन्द ढकाल, अबुधाबी यु ए इ
विश्वमा शान्तिका दूूत मानिने भगवान बुुद्ध नेपालमा जन्मेका हुन् भन्ने नाराका साथ २३ मे शुक्रबारका दिन प्रबासी नेपाली चालक सेवा समाज यु ए इ को आयोजनामा अबुधावीको केरला सोसियल सेन्टरमा “२५५८ औं बुद्ध जयन्ती” तथा विविध सांस्कृतिक कार्यक्रमका सम्पन्न भएको छ।
समाजका अध्यक्ष अनमोल तामांग को सभापतित्वमा सम्पन उक्त कार्यक्रममा एन आर एन इ सी सी का मध्ये पूर्व संयोजक चन्द्र रोकाहा प्रमुख अथिति रहनु भएको थियो भने एन आर एन इ सी सी सदश्य बिमल तामांग बिसेष अथिति रहनु भएको थियो. अन्य अथितिहरु मा नेपाली जन सम्पर्क समिति यु ए इ का सभापति चित्र के सी, जन प्रगतिसिल मंच यु ए इ का अध्यक्ष हेमन्त पौडेल, नेपाल बिस्वो सहयोग संघ यु ए इ का उपाध्यक्ष गोविन्द ढकाल, नेपाली प्यालेस रेस्टुरंट अबुधाबीका संचालक भिम श्रेष्ठ, हमलायन ट्रावल अबुधाबी का संचालक अंकित श्रेष्ठ, हिमालयन रेस्टुरंट का संचालक अमिर लिम्बु, गल्कोट समाज यु ए इ का अध्यक्ष तारा मल्ल, नेपाली जनजाती युवा परिसद यु ए इ का अध्यक्ष हरि बहादुर घर्ति मगर, गोर्खा सेवा समाज यु ए इ का शिव पोख्रेल, अन्तरास्ट्रिय कलाकार समाज यु ए इ कि सचिब दिपिका ज्ञवाली, हेल्प नेपाल कि शर्मिला मैनाली, प्रेस उनिओन बाँके का पर्साद सदश्य श्रीधर सुबेदी, त्रिसुली समाज यु ए इ सम्पर्क समिति का हरिमान तामांग, समाजसेबी भारत गुरुङ लगायत अन्य संघ सस्था का प्रमुख तथा प्रितिनिधि रहेका थिए।
दुइ चरण मा विभाजित उक्त कार्यक्रम सभापति तथा प्रमुख अथिति बाट दिप प्रजोलन गरे लगत्तै राष्ट्रिय गान बाट सुरुगरिएको औपचारिक कार्यक्रममा समाज का कोशाध्यक्ष मन बहादुर तामांग ले स्वागत मन्तब्य राखेका थिए. कर्यकरमका प्रमुख अथिति ले प्रबासी चालक सेवा समाज ले गरेका राम्रा कामहरुको प्रसंसा गर्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए भने आफ्नो हक हित को लागि लागि एक जुट हुन सुझाब दिएका थिए . औपचारिक कार्यक्रम को समापन गर्दै कार्यक्रम का सभापतिले प्रबासी चालक का समस्या हरु नेपाल सरकार तथा यु ए इ मा रहेका अन्य संघ सस्था हरु ले वास्ता नगरेका ले प्रबासी नेपाली चालक सेवा समाज को स्थापना गर्नु परेको जानकारी गराएका थिए। उक्त कार्यक्रममा गायक सुमन सिंग्दन तामांग को दोश्रो गीति संग्रह समर्पणको बिमोचन गरिएको थियो।
सास्कृतिक कार्यक्रम को पहिलो कोसेली स्वोरुप आएको पश्चिम कोहि पूर्व घर बोलको गितमा रहेको सामुहिक निर्त्येले सम्पूर्ण उपस्थित अथिति तथा दर्शक हरु लाई स्वागत गरेका थिए भने किशोर सुनवार को फेवा तालमा साइलि तथा झिल्केले बोलको गित ले हाल लाई तताएको थियो भने सुमन सिंग्दन तामांग को जल्न सक्छु मा सक्दिन जलाउन बोलको गीतले उपस्तित दर्सकहरुलाई भाबुक बनाएको थियो। हास्य कलाकार नारायण प्रभु तथा सिमा को कमेडी निर्त्यले सम्पूर्ण दर्सक पेट मिची मिची हास्न बाध्य भएका थिए। खुट्टामा पाउजु भन्ने गितमा दुर्गा लिम्बु लिम्बुको नृत्य, उध्रेको चोलीमा बिमल तामांग को नृत्य, मिनुषा लामाको डाँफे झैँ नाच्ने गीतमा नृत्य तथा बोलको गित मा बिमल तामांग, बन्दना बस्नेत तथा मिनुषा लामा को नृत्य सबैले मन पराएका थिए। तेस्तै सुदिप तामांग को सेलो गित, चुमान कुचा मगरको बचेकै छु तथा रुमाल हल्लाई हल्लाई बोलको लोक दोहोरि गित, प्रकाश पौडेल को डाक्टर सब , नै मलाई तेइ केटि चाहिन्छ तथा चिते पाती तिते पाती बोलको गित मा उपस्थित सम्पूर्ण दर्सक हरु कम्मर भाची भाची नाचेका थिए भने कार्यक्रम को संचालन चक्र थापा ले गरेका थिए।