रुपन्देहीको सैनामैना बासगढिमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बिक्रम खड्का
 १४ जेठ, रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका अन्तरगत बासगढिमा मंगलबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
पश्चिमतर्फ जार्दै गरेका जिप र टिप्पर एक आपसमा ठक्करखांदा उनिहरुको मृत्यु भएको हो । तिब्र गतिमा गईरहेको जिपलाई ओभरट्याक गर्ने क्रममा अनियन्त्रीत भई पल्टिदा टिप्पर चालक कपिलवस्तु गजेहडाका ३४ वर्षका राम चौधरी तथा जिपमा सवार स्थानीय २० वर्षका निसान सुनारको मृत्यु भएको हो ।
जिप चालक चौधरीको घटनास्थलमै र सुनारको उपचारका क्रममा बुटवलको लुम्बिनी अञ्चल अस्पपतालमा मृत्यु भएको हो । लु १ ख ४२१२ नम्मरको टिप्पर तथा लु १ ज ७३७ नम्मरको जिप एक आपसमा ठोकिएको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा परि घाइते भएको ६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु