रुकुममा परेको असिना-पानीले ठूलो क्षति, किसान चिन्तित

रुकुम, जेष्ठ १७ । रुकुममा गएराति परेको असिना-पानीले ठूलो क्षति पुर्‍याएको छ । जिल्लाका स्यालाखदी, गोतामकोटलगायत सदरमुकाम आसपासका गाविसमा आएको असिना-पानीले गहुँबाली, मकैबाली, तरकारीखेती, आलुखेतीमा क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन् ।
खाद्य संकट हुने स्यालाखदी गाविसमा असिनाले गहुँ, आलु र मकैमा क्षति पुर्‍याएपछि यस वर्ष उक्त स्थानमा खाद्यान्न संकट हुने देखिएको छ । स्यालाखदीमा दश वर्षयताकै भारी असिना