शेयर बजारमा गिरावट

 काठमाडौं, जेष्ठ २१ । पछिल्ला दिन बुलिस ट्रेण्डमा रहँदै आएको शेयर बजारमा बुधबार भने गिरावट आयो । यस दिन उतार चढावबीच बजार परिसूचक नेप्से करिब २ अंकले ओरालो लागि ८ सय ८४ मा थामिएको हो ।
व्यापार र वाणिज्य बैंक समूह हरियो रहे भने अरु कारोबार भएका सबै समूह रातो रहे । होटल समूहमा ३९ अंक र बीमा समूहमा ३४ अंकको उच्च गिरावट आयो । जलविद्युत समूह पनि १० अंकले घट्यो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३३ कम्पनीको ८ लाख बराबर कित्ता शेयर ३५ करोड ४६ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । – IMAGEKHABAR