काठमाडौं, जेष्ठ २२ । साताको अन्तिम दिन बिहीबार पनि शेयर बजार ऋणात्मकमा थामियो । उतार चढावबीच बजार परिसूचक नेप्से साढे ३ अंक बढीले घटेर ८ सय ७९ दशमलब ३३ अंकमा आइपुग्यो ।
यसदिन बीत्त बाहेक कारोबार भएका अरु सबै समूहमा गिरावट आएसँगै नेप्से झरेको हो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४१ कम्पनीको १० लाख कित्ता शेयर ३८ करोड ९१ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । – IMAGEKHABAR