ओमान नेपाली एकता समाजका कोषाध्यक्ष सोमे तामाङ्को विदाई कार्यक्रम सप्पन्न

ओमान नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष  एवं अत्यन्त निडर, मिलनसार तथा जुझारू सदस्य सोमे तामाङ स्थायी रुपमा नै ओमान छाडी स्वदेश फिर्ता जाने भएकोले समाजका सबै स-हृदयी साथीहरूद्वारा शुकवार भावुकताका साथ एक समारोहका बीच विदाई गरियो । 

आफ्ना ब्यक्तिगत कामको अलावा पनि एकता समाजमा बिगत चार बर्ष देखि सक्रियरूपले मजदुर हक, हित र समाज सेवामा निरन्तर लाग्नु भएका तामाङको सो विदाई समारोह, समाजका केन्द्रीय उपाध्यक्ष बिष्णु अर्यालको अध्यक्षता र महासचिव छाबिकिरण बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो । सहीदहरु प्रति एक मिनेट मौनधारण पश्चात अन्तराष्ट्रीय नेपाली एकता समाजका सदस्य शोभाकान्त लामिछाने ज्युको प्रमुख आतिथ्यमा शुरुवात भएको सो समारोहमा समाजका महिला बिभाग प्रमुख, खेलकुद बिभाग प्रमुख रक्तिम लगायत बिभिन्न एरिया समितिका सदस्यहरु तथा संस्थापक सदस्य लोकेन्द्र सुनुवारले यात्रा सफलताको शुभ-कामना दिनु भएको थियो ।शुभ-कामना कै क्रममा प्रमुख अतिथि शोभाकान्त लामिछाने ज्युले भन्नु भयो अति अनुशासित, लगनशील र निडर स्वभावका तामाङ्ग बिगतमा अर्कै राजनैतिक बिचारधारासंग नजिक रहे पनि हाम्रो संगठन समाजमा जब सम्म बर्गीय मुक्ति सम्भव हुन्न तब सम्म जातीय उत्पीडन र शोषणबाट मुक्ति नहुने कुराको पक्षमा रहेको बुझे पछि मात्रै उहाँ संगठनमा आबद्ध भएको कुरा स्मरण गराउनु भयो । 
हाल नेपालमा ब्याप्त जातीय नाराको कुनै अर्थ नभएको बताउनु भयो । सोम तामाङ्ग स्वदेशमा फर्किएर पनि हाम्रो उदेश्य प्राप्तिको वाटोमा अझ सशक्त रूपले लाग्नु हुने बिश्वास ब्यक्त गर्नु भयो । शुभ-कामनाको क्रममै एकता समाजका अध्यक्ष शिवलाल गिरिले हाम्रो संगठनको बिचार र उदेश्य कुनै एक दुई ब्यक्तिको हितको पक्षमा मात्र नभएर बिश्वको सारा मजदुरहरूको हक हितको पक्षमा रहेको बताउदै सोम तामाङ्ग प्रवासमा संगठन निर्माणको क्रम भोक तिर्खा केहि नभनि अहोरात्रि खटी रहने सहयात्री भएको र उहाको भूमिका उल्लेख्य रहेको जनाउदै आगामी दिनमा उहाँका पाइलाहरुको उतरोत्तर प्रगतिको कामना गर्नु भयो । एकता समाजका केन्द्रीय सदस्य शालिकराम आचार्यले अत्यन्त हितैषी र दुःखमा साथ दिने मित्रलाई बिदाई गर्नु पर्दा केही दुःख लागेको बताउदै स्वदेशमा पनि उहाँ यही बाटोमा अझ निडरताका साथ लाग्ने आशा ब्यक्त गर्दै शुभ-कामना दिनु भयो ।सबै साथिहरुलाई शुभ-कामनाको लागि धन्यवाद दिदै सोमे तामाङले अहिले म साथिरू बीचबाट विदाई भएर गए पनि मैले एकता समाज र साथिहरुलाई कहिल्यै पनि नभुल्ने बताउदै आफू नेपाल वा विश्वको कुनै पनि भागमा रहे पनि हाम्रो सम्बन्ध टुटन नसकिने र आफ्नो आन्तरिक, सैद्धान्तिक बाटोहरुमा अघि बढी रहने र मजदुर हित र बर्गीय मुक्तिको आवाजलाई अझ शसक्त रूपले अघि बढाउने दृढ़ता ब्यक्त गर्दै ब्यक्तिगत समस्यलाई त्यागेर ओमान नेपाली एकता समाजले आफ्नो संस्थागत लक्ष्य प्राप्तिको बाटोमा लागि रहन आग्रह गर्नु भयो ।
अन्तमा, ओमान नेपाली एकता समाज केन्द्रीय समितिद्वारा उहाँको अमुल्य योगदानको कदर गर्दै प्रशंसा-पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो भने एकता समाज महिला बिभागको तर्फबाट पनि मायाँको चिनो प्रदान गरिएको थियो । सभाध्यक्ष बिष्णु अर्यालले एकता समाज प्रति सोम तामाङ्गको अतुलनीय एवं अपुरनीय योगदान रहेको बताउदै उहाँको यात्रा सफलता र आगामी दिनको प्रगतिको कामना गर्दै समारोहका उपस्थित सबैलाई धन्यवाद दिदै सभा समापन गरियो  ।