काठमाडौंको लगन ब्रहृमटोलमा घर भत्किएर पुरिँदा तीन जनाको मृत्यु

१४ असार, काठमाडौं । काठमाडौंको लगन ब्रहृमटोलमा घर भत्किएर पुरिँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
भत्काउँदै गरेको पुरानो घर अचानक भत्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 
घरको भग्नावषेशले परिएका पाँच जनालाई उद्धार गरी वीर अस्पतालमा पुर्‍याइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । RSS

अन्य समाचारहरु