यूएईको जेलमा ५७ नेपाली

उमाकान्त पाण्डे ,यूएई- असार २१ , धेरथोर कमाएर आफ्नो घरपरिवार लाई सुखी र खुशी बनाउने सपना बोकेर खाडी मुलुक यूएईमा आएका ५७ जना नेपाली बिभिन्न आरोपमा यहाँका जेलहरुमा कैदी जीवन बिताइरहेका छन ।
जेलजीवन बिताउदै आएका दुई नेपालीलाई यहाँको अदालतले हत्याको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ । मृत्युदण्डको सजाय पाउने दार्चुला ३ का अमरबहादुर बम र सखुंवासवा मत्स्यपोखरीका अनिश खालिङ राइ छन । बमलाई अदालतले हत्या आरोपमा पुस्टी गरेको र राइको बिषयमा भने राइले हत्या गरेका पाकिस्तानी परिवार सँगको समझदारीमा ब्लडमनी तिरेर मृत्‍युदन्डको सजाय मिनाह गर्न सकिने अवस्था छ । 
त्यस्तै अन्य ३ जनालाई पनि यहाँको तल्लो अदालतले मृत्‍युदन्डको सजाय सुनाए पनि उपल्लो अदालतमा उनिहरुको मुद्दा बिचाराधिनमा छ ।  त्यसरी सजाय सुनाइएका नेपाली मध्ये दुई पुरुष र एक महिला छन । उनीहरुको नाम र ठेगाना सार्वजनिक गरिएको छैन । 
बाँकी ५२ जना कैदी जीवन बिताई रहेका नेपालीको बारेमा अहिले सम्म घरमा अधिकारिक जानकारी नदिएकोले वास्तविक घर ठेगाना खुलाइएको छैन।
यूएईका बिभिन्न जेलमा रहेका नेपालीहरुको बारेमा बाहिर नखुलाइको भएपनि ५७ जना नेपाली जेल सजाय भोगिरहेको यूएईका लागि राजदुत धनन्जय झाले बताउनु भयो ।
कर्मचारी अभावका कारण नियमित जेल भ्रमण गर्न नसकिएको भन्दै राजदुत झाले दुई महिना पहिले यूएईका जेलमा रहेका नेपालीको बारे आफुले सोधखोज गरेको बताउनु भयो । 
जेलमा रहेका नेपाली मध्ये अधिकाशं पुरुष छन । उनीहरुमध्ये धेरै मधिरा सेवनपछि गरेको सामान्य लडाईं झगडाका कारण प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि जेल चलानमा परेका हुन ।    
थोरै लगानिमा जान पाइने खाडी मुलुकमा धेरै कमाउने उद्देस्य लिएए आएका नेपालीहरु यहाँ आएको केही महिनामै घर परिवार लाई सम्झनु भन्दा मोज मस्तीमै समय बिताउने गर्छन् । त्यस्तै बिदाका दिनहरुमा साथीहरुसँग बसी मदिरा सेबन गर्ने र यहाँका डान्स बारहरुमा जाने क्रममा पनि धेरै नेपाली पक्राउ पर्ने गरेको राजदुत झा को भनाइ छ । 
यस देशको कानुनी प्राबधान बिपरित मदिरा सेबन गरी बहिर हिंडने तथा अन्य गलत कामहरुमा संलग्न भएको आरोपमा ५७ नेपालीले जेल सजाय भोग्न वाध्य भएको यूएईका लागि नेपाली राजदुत धनन्जय झाले बताउनु भयो ।  ‘कोही नेपाली जेलमा परेको न त यहाँको स्थानिय प्रशासनले दुतावासलाई जानकारी दिन्छ न त कम्पनीलेनै ,’ या त साथीभाइहरुले खबर गर्छन् वा त पररास्ट्र मार्फत जानकारी हुन्छ , त्यसर्थ यसै भनेर कसैको बारे भन्न सकिदैन’,’राजदुत झाले भन्नुभयो ।