गीता मणि पाण्डे युएई दुबई
संयुक्त अरब इमिरेट्स युएईमा रहेका नेपाली ब्यबसायीहरुको भेलाले नेपाल बिजनेस काउन्सिलको गठन गरेको छ / १७ जुलाई बिहीबारका दिन युएईको दुबई स्थित रामदा जुमेरा होटलमा आयोजन गरिएको उक्त भेलाले झन्डै एक दसक देखि युएईमा आफ्नै स्वामित्वमा रहेको २/२ वटा ब्यबसाय चलाउदै आएका डा आशिफ अलि सिद्धिकको अध्यक्षतामा ११ सदसिय नेपाल बिजनेस काउन्सेलको गठन गरेको छ /
युएईका लागि नेपालका महामहिम राजदुत धनन्जय झाको सभापतित्वमा भएको भेलाले युएईमा आफ्नो ब्यबसाय संचालन गर्दै आईरहेका ब्यबसायीहरु चन्द्र प्रसाद सापकोटा , डा दिनेश आचार्य र शर्मिला पराजुलीलाइ उपाध्यक्षमा चयन गरेको छ / दिपक राज पौडेल लाइ सचिवमा चयन गर्दै एकेन्द्र थापालाई कोषाध्यक्षको जिम्मा सुम्पिएको छ / तेसै गरि काउन्सिलको सदस्यमा दिपा पाण्डे ,किसोर घिमिरे , गोपी भुषाल , नेत्र शर्मा र सरोज बिस्ट चयन भएका छन् / नेपाल पत्रकार महासंघ युएईसाखाका अध्यक्ष अर्जुन दाहालले संचालन गरेको भेलामा युएईका झन्डै ५० जना ब्यबसायीहरुको उपस्थिति रहेको थियो नेपाल बिजनेस काउन्सिलको पुर्ब तयारी समिति धवारा प्रस्तावित विधानलाई उपस्थितिको सर्ब सम्मतले संसोधन सहित पारित गरेको छ युएईमा ४७ वटा कम्पनिहरु बैधानिक रुपमा नेपाल बिजनेस काउन्सिलमा रहेका छन् भने ७० भन्दा बढी कम्पनिहरु नेपाल बिजनेस काउन्सिलमा आउने तयारीमा रहेका छन् /
भेलाको समापन गर्दै महा महिम राजदुत धनन्जय झाले नया कार्य समितिलाइ सफलताको शुभकामना दिनु भएको थियो