यूएईमा तीज मनाउने तयारी,सस्कृति बचाउने नाममा ‘प्रवासमा भड्किलो कार्यक्रम अनावश्यक’:सर्वसाधारण

उमाकान्त पाण्डे । युएई, -संम्युत्त अरब एमिरेट्स यूएईमा रहेका नेपालीहरु तीज मनाउने तयारीमा जुटेका छन । परदेशमा बस्दा नेपाली चाडबाड मनाउन घरदेशलाई आउन नपाएकाहरु संगठित भएर हरितालिक तीज मनाउन लागेका हुन । 
यूएईमा रहेका नेपालीहरुले घरदेश बाट कलाकार झिकाएर कार्यक्रम गरी तीज मनाउन लागेका हुन । स्वदेशबाट कलाकार ल्याउन लाग्ने खर्च पनि प्रवेश शुल्क मार्फत टिकट बेचेर कतिपय अवस्थामा संघसस्थाका पदाधिकारीहरुको खल्ती बाट समेत लगानी गरेर तीज लाई भब्य रुपमा मनाउने तयारीमा यहाँका नेपाली लागेको सजिलै देख्न सकिन्छ । 
प्राय: शुक्रबार पर्ने सार्वजनिक बिदाको दिनको अवसरमा बर दुबइको आसपासमा जुटेका नेपाली बिच टिकट हरु बिक्री वितरण गर्न आयोजक जुटेका देखिन्छन । नेपाल बाट कलाकार ल्याएर कार्यक्रम गर्न थालेको थाहा पाएपछि टिकट लिनेहरु पनि आतुर भएर टिकट लिन्छन । टिकट बिक्रीका लागि कार्यक्रम आयोजकल बरदुबई वर पर रहेका नेपाली ब्यबसायीहरुका पसलहरुलाई राम्रै सँग सदुपयोग गरिरहेका छन । 
कार्यक्रम आयोजकले स्थानिय प्रशाशन बाट अनुमती लिएर ठुला ठुला होटलका सभाहल आफ्नो नाममा दर्ता समेत गराइ सकेका छन । 
करीब साँढे चार लाख बढी नेपाली कार्यरत यूएईमा चाडपर्व मनाउन र बिभिन्न सास्कृतिक कार्यक्रम गर्दा एक अर्का नेपाली संघसस्था बिच जुध्ने समस्याले जरा गाडेको छ । 
समय जुध्ने भएकोले कार्यक्रम गर्ने बारे यहाँ रहेका नेपाली संघसस्थाले आ-आफ्ना  वार्षिक क्यालेन्डरनै बनाएर कार्यक्रमको दिन तोक्ने गर्छन् । दुबइ आसपासमा धेरै नेपाली बस्ने गरेकोले आयोजकले कार्यक्रम स्थल पनि त्यसै वरपर बनाएका हुन्छन । 
धेरै दर्शकलाई आफु तर्फ खिच्न नेपाल बाट नाम चलेका कलाकार भित्राएर कार्यक्रम गर्ने लहर नै चलेको छ । यस् पटक पनि आयोजकले आफ्नो कार्यक्रममा दर्शक ल्याउन नाम चलेका र बजार पिटेका लोक कलाकार ल्याउन लागेका छन । 
यहाँ रहेका नेपालीहरुले भाद्र १२ अर्थात २८ अगस्टमा परेको हरितालिका तीज मनाउन दुई महिना बाट तयारी थालेका छन । दुई महिना अघी बाट कार्यक्रमको मनाउने तयारी गरे पनि तीजको दर खाने र सास्कृतिक कार्यक्रम गरेर तीज मनाउन भने अगस्ट १५ बाट नै सुरु हुनेछ । 
राधिका हमालको उपस्थितीमा अगस्ट १५ शुक्रबारको दिन बबाल मच्चाउने भन्दै नेपाली जनसम्पर्क दुबइ क्षेत्रिय समिति तयारीमा जुटेको छ । 
लिवाङ ५, रोल्पामा जन्मेकी गायिका हमालले हालसम्म लगभग तीन हजारभन्दा धेरै गीतहरु गाइसक्नु भएको छ । उहांले गाएको तीजका भाकाहरुमा