उमाकान्त पाण्डे । युएई, -संम्युत्त अरब एमिरेट्स यूएईमा रहेका नेपालीहरु तीज मनाउने तयारीमा जुटेका छन । परदेशमा बस्दा नेपाली चाडबाड मनाउन घरदेशलाई आउन नपाएकाहरु संगठित भएर हरितालिक तीज मनाउन लागेका हुन ।
यूएईमा रहेका नेपालीहरुले घरदेश बाट कलाकार झिकाएर कार्यक्रम गरी तीज मनाउन लागेका हुन । स्वदेशबाट कलाकार ल्याउन लाग्ने खर्च पनि प्रवेश शुल्क मार्फत टिकट बेचेर कतिपय अवस्थामा संघसस्थाका पदाधिकारीहरुको खल्ती बाट समेत लगानी गरेर तीज लाई भब्य रुपमा मनाउने तयारीमा यहाँका नेपाली लागेको सजिलै देख्न सकिन्छ ।
प्राय: शुक्रबार पर्ने सार्वजनिक बिदाको दिनको अवसरमा बर दुबइको आसपासमा जुटेका नेपाली बिच टिकट हरु बिक्री वितरण गर्न आयोजक जुटेका देखिन्छन । नेपाल बाट कलाकार ल्याएर कार्यक्रम गर्न थालेको थाहा पाएपछि टिकट लिनेहरु पनि आतुर भएर टिकट लिन्छन । टिकट बिक्रीका लागि कार्यक्रम आयोजकल बरदुबई वर पर रहेका नेपाली ब्यबसायीहरुका पसलहरुलाई राम्रै सँग सदुपयोग गरिरहेका छन ।
कार्यक्रम आयोजकले स्थानिय प्रशाशन बाट अनुमती लिएर ठुला ठुला होटलका सभाहल आफ्नो नाममा दर्ता समेत गराइ सकेका छन ।
करीब साँढे चार लाख बढी नेपाली कार्यरत यूएईमा चाडपर्व मनाउन र बिभिन्न सास्कृतिक कार्यक्रम गर्दा एक अर्का नेपाली संघसस्था बिच जुध्ने समस्याले जरा गाडेको छ ।
समय जुध्ने भएकोले कार्यक्रम गर्ने बारे यहाँ रहेका नेपाली संघसस्थाले आ-आफ्ना वार्षिक क्यालेन्डरनै बनाएर कार्यक्रमको दिन तोक्ने गर्छन् । दुबइ आसपासमा धेरै नेपाली बस्ने गरेकोले आयोजकले कार्यक्रम स्थल पनि त्यसै वरपर बनाएका हुन्छन ।
धेरै दर्शकलाई आफु तर्फ खिच्न नेपाल बाट नाम चलेका कलाकार भित्राएर कार्यक्रम गर्ने लहर नै चलेको छ । यस् पटक पनि आयोजकले आफ्नो कार्यक्रममा दर्शक ल्याउन नाम चलेका र बजार पिटेका लोक कलाकार ल्याउन लागेका छन ।
यहाँ रहेका नेपालीहरुले भाद्र १२ अर्थात २८ अगस्टमा परेको हरितालिका तीज मनाउन दुई महिना बाट तयारी थालेका छन । दुई महिना अघी बाट कार्यक्रमको मनाउने तयारी गरे पनि तीजको दर खाने र सास्कृतिक कार्यक्रम गरेर तीज मनाउन भने अगस्ट १५ बाट नै सुरु हुनेछ ।
राधिका हमालको उपस्थितीमा अगस्ट १५ शुक्रबारको दिन बबाल मच्चाउने भन्दै नेपाली जनसम्पर्क दुबइ क्षेत्रिय समिति तयारीमा जुटेको छ ।
लिवाङ ५, रोल्पामा जन्मेकी गायिका हमालले हालसम्म लगभग तीन हजारभन्दा धेरै गीतहरु गाइसक्नु भएको छ । उहांले गाएको तीजका भाकाहरुमा ‘पढ्ने यो बेलामा पढ केटा हो,लरक्कै लर्क्यौ रातो साडी भुईमा, ‘अचम्मै नाच्छे मोरीले र वेदनाको पोको’ गीत हरुले बजार पिटिरहेको छ । दुबईमा पहिलो पटक गायिका हमाल आउने र पक्का बबाल मच्चाउने भएकोले कार्यक्रम मनोरञ्जनात्मक तथा व्यवस्थित बनाउनका लागि आयोजक समिति लागिपरेको नेपाली जनसम्पर्क समिति यूएईकी केन्द्रिय सदस्य तथा तथा महिला कार्यक्रम संयोजक विमला सापकोटाको भनाइ छ् ।
त्यस्तै स्टेजकी रानी अर्थात ‘स्टेज क्विन’ को उपाधी पाएकी नेपाली लोक गायिका तथा कार्यक्रम प्रस्तोता मन्जु पौडेल पनि पहिलो पटक दुबइ आउँदै हुनुहुन्छ । गुल्मी सेवा समाजको कार्यक्रममा पौडेल यूएई अाउने हुनुभएको हो । उहा अहिले देश बिदेशका स्टेज कार्यक्रममा तताउन ब्यस्त हुनुहुन्छ । खाडीको गर्मीमा रहेका नेपालीहरुलाई सांगितिक शितलता प्रदान गर्न आफु यूएई आउन लागेको पौडेलले बताउनु भयो । गुल्मीमा जन्मेर बुटवल झरी बुटवल एफएम र बुटवल महोत्स्वव बाट झुलेकी कलाकार पौडेल अहिले चर्चाको सूचीमा रहेको पहिलो नाम हो ।
यूएईमा रहेका गुल्मेली अगस्ट २९ मा गायिका पौडेलको उपस्थितीमा कार्यक्रम गर्न लागेका हुन ।
उता जन प्रगतीशिल मन्च यूएईले भने गायिका मुना थापा मगर र रामजी खांडको उपस्थितीमा २२ अगस्टमा तीज कार्यक्रम आयोजना गर्दै छ । धेरै पटक यूएई आएर आफ्नो माईती गाउ जस्तो बनेकोले यस् पटक पनि तीजमा आफ्नो माईती गाउ दुबइमा रहेला नेपालीसँग रमाउन दुबइ आउन लागेको गायिका मुना थापा मगरले बताउनु भयो ।
स्याङ्जा सहयोग समाजले पनि यस् पटक अगस्ट २९ को शुक्रबारका दिन लोक गायिका देवी घर्ती मगर र राजु ढकालको उपस्थितीमा तीज मनाउने तयारी गरेको छ । यि सबै कार्यक्रम बर दुबइमा रहेको अस्टोरिया होटल र स्विट इम्पेरियल होटलको सभाहलमा हुनेछन । कार्यक्रममा स्थानिय नेपाली कलाकारले समेत आफ्नो प्रस्तुती पस्किने छन ।
त्यस्तै धादिङ समाज यूएईले पनि यूएईमा रहेका सम्पूर्ण महिलालाई दर खुवाउने कार्यक्रम राखेको छ । सामाजिक सेवामा सकृय धादिङ सेवा समाजले अगस्ट १५ शुक्रबार बरदुबईको अस्टोरिया होटल भित्र रहेको नेपाली दोहोरी साझ ‘याक यन्ड यत्ति’को कक्षमा दर खुवाउने भएको समाजका अध्यक्ष भिम अधिकारीले बताउनु भयो ।
यूएईको अर्को शहर अलऐनमा प्रवासी नेपाली मन्च यूएई अगस्ट २९ शुक्रबारनै स्थानिय कलाकारको जमघटमा तीज कार्यक्रम गर्दै छ । धेरै कलाकारको उपस्थितीमा बिभिन्न्न ठाउँमा हुने कार्यक्रममा दर्शक बाढिने भएकोले कुन कार्यक्रममा कती दर्शक आउन सक्छन अनुमान गर्न सजिलो छैन । सबै आयोजकले आ-आफ्नो कार्यक्रम सफल बनाउन लागिपरेका छन । परदेशमा रहेका नेपाली चेलीबेटीलाई कार्यक्रममा दर समेत खुवाउने तयारी आयोजकले गरेका छन । आयोजक सस्था पिच्छे प्रवेश शुल्कमा फरक मुल्य तोकिएको छ ।
महिलाहरुको पर्वको रुपमा चिनिने तीज मनाउन महिला मात्र होइन पुरुषहरु पनि उत्तिकै लागि परेका छन । दिदी बहिनीको पर्व तीज आउन झन्डै एक महिना बढी बाँकी रहदानै परदेशमा तीजको रौनक बढेको छ ।
तीज आउन एक महिना बढी बाँकी छँदै संघ संस्थाहरु पनि तीज मनाउन जुटिरहेका छन ।
प्रवासमा रहेका नेपालीहरुलाई जमघट गराएर सास्कृतिक कार्यक्रम गर्दा चाडपर्वको सरक्षण र प्रबर्दन हुँन सक्ने आयोजकको दाबी छ ।
कतै पनि नेपाली भनेर आफ्नो परिचय लेख्ने स्थान बनाउन र नेपाली भएर बाँच्न जता गएपनि आफ्नो रिती रिवाज सस्कृति सगैं लिएर जानु पर्ने भएकोले चाडपर्वको अवसरमा सास्कृतिक कार्यक्रम गर्ने गरेको गुल्मी सेवा समाज यूएईका अध्यक्ष लक्षमण भण्डारी बताउनु हुन्छ ।
चाडपर्ब,रितिरिवाज,सस्कृति,देसको पहिचान गराउने बिषयबस्तु भएकाले यसलाई मनाउदा भड्किलो र आफ्नो सस्कृति परम्परा भन्दा बाहिर नगई मनाउनका लागि आफुहरु लागि परेको नेपाली जनसम्पर्क समिति यूएईका सभापति चित्र केसी बताउनु हुन्छ । ‘नेपाली पहिचानका लागि परदेशमा रहेका नेपालीलाई जमघट गराएर नेपालमै रहेको अनुभुती दिलाउन नेपालबाट कलाकार ल्याएर कार्यक्रम गर्न लागेकोले केही प्रवेश शुल्क लाग्नु स्वभाविक’ भएको उहाको भनाइ छ । नेपालबाट कलाकार ल्याउदा र कार्यक्रम स्थलका लागि तिर्नु पर्ने भएकोले धेर थोर शुल्क लिनै पर्ने भएको केसीले बताउनु भयो ।