यूएईमा पनि विपी सताब्दी मनाइदै

उमाकान्त पाण्डे/यूएई (आबुधाबी),साउन ११ – सम्युत्त अरब एमिरेट्स यूएईमा समेत विपी कोईरालाको प्रथम जन्म सताब्दी मनाईदै छ । 
नेपाली कांग्रेसको बिदेश स्थित भागीनि सस्थाको रुपमा रहेको नेपाली जन सम्पर्क समितिले यूएईले ‘विपी सताब्दी’ मनाउन लागेको हो । 
१९७१ भाद्र २४ मा जन्मिएका विपीको पहिलो जन्म सताब्दी नेपाली कांग्रेसले देशभर गत साउन ६ गते बाट बिभिन्न कार्यक्रम गरी मनाइरहेको छ । 
देशभर बिभिन्न कार्यक्रम जन्म सताब्दी मनाइ रहदा प्रवासमा पनि ‘जस्तो सम्भब हुन्छ त्यस्तै गरि’ एक हप्ता सम्म बिभिन्न कार्यक्रम गरेर ‘विपी सताब्दी’ मनाईेको र भोली अन्तिम दिन बिशेष कार्यक्रम गरेर विपीको पहिलो ‘जन्म सताब्दी’ को साता ब्यापी कार्यक्रम सम्पन गर्न  लागिएको नेपाली जनसंपर्क समितिका सभापती चित्र केसीले बताए । 
यूएईको आबुधाबीमा मनाउन लागिएको जन्म सताब्दीको समापन कार्यक्रममा प्रजातन्त्र र नेपाली कांग्रेसमा झुकाव राख्ने सम्पुर्ण नेपालीलाई उपस्थितिकालागी समितिले अनुरोध समेत गरेको छ । 
यूएईका लागि नेपाली राजदुत धनन्जय झाको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेपाली दुतावास आबुधाबीका लागि त्रितिय सचिव कृष्ण लम्साललाई सम्मानका साथ बिदाइ गर्ने कार्यक्रम तय गरिएको छ ।

लम्साल यसै हप्ता आफ्नो कार्यकाल पुरा गरी नेपाल फर्कदै छन । कार्यक्रम आबुधाबीमा रहेको अरब उड्डवी रेस्टुरेन्टमा दिउंस साँढे ४ बजे बाट हुने छ ।