उमाकान्त पाण्डे,दुबइ – १७ साउन , नेपाल कम्यिुष्टि पार्टी मसालका महामन्त्री मोहन विक्रम सिंहले नेपाल र भारत विचमा हुन लागेको उर्जा व्यापार सम्झौता आपत्तिजनक भएको बताउनु भएको छ । सम्झौताले राष्ट्रिय एकता खतरामा पर्ने भएकोले सम्झौता गर्न नहुने उहाको दावी छ ।
नेपाली एकता समाज युएईले बरदुवइमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिहले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणमा हुन गइरहेको दुइ देश विचको उर्जा व्यापार सम्झौता आपतिजनक रहेको र यसवाट नेपालप्रति भारतीय नीति छर्लङ भएको बताउनु भयो ।
भारतले नेपाली जल सम्पदामाथी एकाधिकार कायम राख्न खोजेको र त्यसका लागि नेपाल सरकारमा रहेका भारतका मतियारहरु खुलेरै लागेको बताए । १९५० को सन्धि को विषयमा पत्रकारहरुको प्रश्नको जवाफ दिदै उहाले भन्नुभयो