बुटवल टुडे संवाददाता
बुटवल, १४ भदौ । स्थापनको छोटो समयमा नै विभिन्न सामाजिक काम गर्दै आएको बुटवलको अन एयर मिडिया ले सांगीतिक कार्यक्रमबाट बचेको रकमबाट बुटवल-४ पाखापानीमा रहेको शिवकुमार शैजु दुर्गा भवानी वृद्धा आश्रमका वृद्ध वृद्धालाई सम्मानका साथै आर्थिक सहयोग गरेको छ ।
शनिबार पाखापानीमा एक कार्यक्रमको आयोजना गरी मिडियाले भदौ १० गते रुपन्देहीको सैनामैना पर्होमा साँस्कृतीक कार्यक्रम गरेर संकलन गरिएको १० हजार रुपैया सहयोग गरेको हो । मिडियाका प्रबन्धक तथा अध्यक्ष गोविन्द बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो रिपब्लीका अध्यक्ष कुलचन्द्र पाण्डेको प्रमुख आतिथ्यता, आश्रमका महासचिव बेन बहादुर पौडेल क्षेत्री र आश्रमका आजिवन सदस्य तथा संस्थापक अध्यक्ष गणेशमान शैजुका छोरा अनुपमान शैजु र युवा समाजसेवी मदन खड्काको विशिष्ट आतिथ्यता रहेकोथियो ।
अन एयर मिडियाका प्रशिक्षक अनिल पहाडीको सञ्चलनमा भएको कार्यक्रममा माफोसलमा बसेर लामो समय देखि पत्रकारितामा संलग्न कान्तीपुर टेलिभिजन बुटवल ब्युरो प्रमुख, कान्तिरपुर दैनिक बुटवल संवाददाता तथा सञ्चाररिका समुह लुम्बिनीकी अध्यक्ष अमृता अनमोललाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै मिडियाका अध्यक्ष बस्नेतले एउटा सानो कार्यक्रमबाट जम्मा भएको केही आर्थिक रकम वृद्धा वृद्धाहरुलाई सहयोग गर्न पाउदाँ धेरै खुसीलागेको भन्दै आफ्नो संस्था जस्तै अन्य संस्थाहरुले सहयोग गर्नको लागि आग्रह गरे । उनले अनाथ बालबालिकाहरुको लागि पनि केही आर्थिक रकम सहयोग गर्ने कार्यक्रम रहेको समेत जानकारी दिए ।