चितवन, भाद्र २० । चितवनको चित्रवन नगरपालिका-६ मा आज साँझ स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३७ विद्यार्थी घाइते भएका छन् ।
विद्यार्थीलाई घर पुर्याउन लागेको श्रीजनप्रिय इंग्लिस बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा १३ वर्षीया विद्यार्थी सीमा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइते ३७ मध्ये २५ जनाको चितवन मेडिकल कलेज र १२ जनाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उचार भइरहेकोे जनाइएको छ । – IMAGEKHABAR