संखुवासभा, भाद्र २३ । संखुवासभाको खाँदबारीबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको भ्यान पिलुवाखोला नजिकै दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा धनकुटा मुलघाट ९ का बालकुमार प्रधान र वीरबहादुर श्रेष्ठ रहेका छन् । गम्भीर घाइते भएका ६ जनालाई उपचारका लागि धरान लगिएको छ ।
भ्यान तीव्र गतिका कारण भिरबाट खसेको बताइएको छ । IMAGEKHABAR