अर्घाखाँची सेवा समाज कतारको बैठक सम्पन्न, नोभेम्वर २८ मा भव्य सास्कृतिक तथा मिलन कार्यक्रम गर्ने

१२ अक्टोवर, कतार –  अर्घाखाँची सेवा समाज, कतारको २३ औ नियमित मासिक बैठक सम्पन्न भएको छ । अध्यक्ष युवराज पाण्डेको अध्यक्षतामा बसेको सो बैठकमा आफनो धारणा राख्दै अध्यक्ष पाण्डेले सस्थाले कतारमा जिल्लाबाँसीहरुलाई परेका समस्याहरुमा, दुर्घटनामा मृत्युभएकालाई राहत, कानुनी परार्मश, टिकट प्रदान  देखि लिएरनेपालमा बाडि पिडितहरुलाई आर्थिक सहयोगका कार्यक्रमहरु गर्ने सम्मका सामाजिक कार्यहरु गरेको र जिल्लामा एम्वुलेन्सको आवश्यकतालाई मध्येनजर राख्दै सस्थाको महत्वपूर्ण कार्यक्रम एम्वुलेन्स सन्चालन कार्यक्रम व्यापकरुपमा चलिरहेको जानकारी गराउनुभएको थियो ।
सस्थाका प्रथम उपाध्यक्ष भुवन केसीले सस्थाले गर्दै आएका विभिन्न सामाजिक क्रियाकलापहरुको बारेमा संक्षेपमा कुराह्ररु राख्दै हामी देखावटी र रमझम तिर भन्दापनि आवस्यक ठाँउहरुमा सामाजिक सहयोगका कार्यहरु गर्ने तर्फ हामीहरुले ध्यान केन्द्रित गरेकाछौ, भन्नुभयो । सस्थाको सदस्यता विस्तार, भावि कार्यक्रमको बारेमा सचिव केशव भुसालले बोल्नुभएको थियो त्यसै गरि सस्थाका कोषाध्यक्ष टेकराज थापा, सचिवालय सदस्य कृष्ण शाह, बोम बहादुर बस्नेत, विष्णु कुवरले पनि बोल्नुभएको थियो, केन्द्रिय कार्य समितिमा रिक्त रहेको सचिवालय सदस्य र कार्य समिति सदस्यमा क्रमशः केन्द्रिय सदस्यमा घनश्याम न्यौपानेलाई र सचिवालय सदस्यमा नारायण रानालाई सर्वसम्मतले नियुक्त गरेको छ । नवनियुक्त केन्द्रिय सदस्य घनश्याम न्यौपानेले अव सस्थालाई समयानुकुल थप उर्जाशिल बनाएर सामुहिकरुपमा अगाडी बढनु पर्ने र सस्थाले दिएका जिम्मेवारीहरुमा आफु लागी पर्ने बताउनुभयो ।
महासचिव केदारनाथ भुसालले छलफलको लागी राख्नुभएका विभिन्न प्रस्तावहरु माथि उपस्थित पदाधिकारीहरुविच व्यापक छलफल भएको छ । सो छलफलबाट आगामी नोभेम्वर २८ मा दोहाको शालिमार होटलमा सास्कृतिक प्रस्तुतीहरु, जनचेतना, शुभकामना र अन्र्तक्रिया सहितको भव्य सास्कृतिक तथा मिलन कार्यक्रम गर्ने निर्णय गरेको छ, सो कार्यक्रमलाई व्यवस्थित पूर्वक सम्पन्न गराउनको लागी सचिव केशव भुसालको संयोजकत्वमा कृष्ण शाह, ठाकुर परियार, केदारनाथ भुसाल, विष्नु कुवर, घनश्याम न्यौपाने तथा बामदेव भाट सम्मिलित कार्यक्रम आयोजक समिति पनि गठन गरिएको छ । सो समितिले उक्त कार्यक्रमको व्यवस्थापनको कार्य गर्नेछ । उक्त दिन कतारमा रहेका संघसस्थाहरुलाई कार्यक्रम नजुदाई यो कार्यक्रम सफल पार्न सहयोग गरिदिनका निम्ति पनि आयोजक समितिले हार्दिक अनुरोध गरेको छ ।
सो बैठकमा आमन्त्रित अतिथिको रुपमा उपस्थित हुनुभएकी श्रीमती मिरा भुसालले आफनो छोटो प्रतिक्रिया दिदै विदेशमा पनि यसरी एकैठाँउमा भेला भएर सामाजिक कार्यको लागी सक्रिय रहनु अतिनै महत्वपूर्ण कुरा भएको बताउनुभयो । बैठक समापनको क्रममा अध्यक्ष पाण्डेले सस्थाले सन्चालनमा ल्याएका कार्यक्रम तथा योजनाहरुमा विगत जस्तै आउदा दिनहरुमा पनि सम्पूर्ण जिल्लाबाँसीहरुको साथ र सहयोगको अपेक्षा रहेको बताउदै समापन गर्नुभएको सो बैठक महासचिव केदारनाथ भुसालले सन्चालन गर्नुभएको थियो ।