अर्घाखाँची सेवा समाज कतारको बैठक सम्पन्न, समिक्षामा केन्द्रित

केशव भुसाल
दोहा, मंसिर २० । अर्घाखाँची सेवा समाज कतारको नियमित मासिक बैठक सम्पन्न भएको छ । अध्यक्ष युवराज पाण्डेको अध्यक्षतामा सम्पन्न सो बैठकमा सस्थाका पदाधिकारीहरुको उपस्थिति थियो । गत नोभेम्वर २८ मा सस्थाले सम्पन्न आयोजनामा सम्पन्न भएको विविध सास्कृतिक कार्यक्रम तथा मिलन समारोहको समिक्षामा केन्द्रित भएको उक्त बैठकमा प्रथम उपाध्यक्ष भुवन केसीले स्वागत मन्तव्य राख्नुभएको थियो । 
कार्यक्रम सम्पन्न गर्न गठित कार्यक्रम आयोजक समितिका संयोजक सचिव केवश भुसाल तथा आयोजक समितिका अन्य सदस्यहरुलाई कार्यक्रम सम्पन्न गर्न निभाएको भूमिका प्रति धन्यबाद ज्ञापन गरिएको थियो । त्यसै गरि उक्त कार्यक्रमलाई सम्पन्न गराउनका लागी भुमिका निर्वाह गर्नुहुने कुवेतबाट पाल्नुभएका विषेश अतिथि कलाकार विवि मल्ल ठकुरीलगायत कतारमा रहेर कार्यक्रममा प्रस्तुती दिने सवै कलाकारहरुलाई सस्थाले हार्दिक धन्यबाद प्रकट गरेको छ । 
अतिथि कलाकार विवि मल्ल ठकुरीलाईउक्त कार्यक्रमका प्र्रमुख अतिथि एवं एनआरएनए आईसीसी उपाध्यक्ष टिवि कार्की, सस्थाका अध्यक्ष युवराज पाण्डे, प्रमुख सल्लाहकार क्रान्ति सिंह, विषेश सल्लाहकार जितेन्द्र पाण्डे, गायिका इन्दिरा शाह तथा सस्थाका अन्य पदाधिकारीहरुको उपस्थितिमा प्रसंसा पत्र, दोसल्ला र मायाको चिनो प्रदान गरि सस्थाले औपचारिक विदाई यो बैठक पहिले गरिसकेको छ । साथै कार्यक्रममा सहयोग पुराउनहुने संयमसेवक ईस्वरा मगर र लक्ष्मी गुरुग प्रति पनि धन्यबाद प्रकट गरेको छ । 
सस्थाका द्धितीय उपाध्यक्ष ठाकुर कुमार परियार, कोषाध्यक्ष टेकराज थापा,सहकोषाध्यक्ष सुदिप पाण्डे, सास्कृतिक विभागका मोहन शाह, बामदेव भाट, सदस्यहरु, बोम बहादुर बस्नेत, जर्नादन न्यौपाने, घनश्याम न्यौपाने, कृष्ण श्रेष्ठ लगायत उपस्थित सवैले आफनो आफनो तर्फबाट समिक्षा गर्नुभएकोे थियो । संस्थाले कार्य योजना अन्र्तगत एम्वुलेन्स सन्चालन अभियानलाई व्यापकरुपमा अघि बढाउने निर्णय गर्नुका साथै सहयोग गर्दे आउनुभएका सवैमा धन्यबाद प्रकट गरेको छ । सो बैठक सस्थाका महासचिव केदारनाथ भुसालले सन्चालन गर्नुभएको थियो ।