उमाकान्त पाण्डे/युएई, मंसिर २५- धन कमाउने सपना बोकेर रोजगारीका लागि विदेश हिँड्ने नेपाली युवा स्वदेशबाटै बेचिन थाल्छन् । बजारमा विक्रि गर्न राखिएका वस्तुको मूल्य स्टिकरमा टाँसिए झैं उनीहरुको मूल्य त तोकिएको हुँदैन् तर, उनीहरु गाँउबाट बाटो लागेर सदरमुकाम हुँदै काठमाण्डु आइपुग्दा थुप्रै पटक ठगिन्छन् । त्यो क्रम विदेशी भूमिसम्म पुग्दा पनि रहन्छ । तर त्यसरी आफू पाइलैपिच्छे बेचिएको न रोजगारीमा हिँडेकाहरुले मेसो पाउँछन्, न त उसका आफन्तले नै । जब बिदेशी भूमीमा पुगेर बधुँवा चौपायाको जस्तो जीवन बिताउनु पर्छ, तब मात्र थाहा लाग्छ बिदेशमा पर्ने सारोगारो । विदेशीने मध्ये धेरै नेपाली युवाको गन्तव्य मध्यपूर्वका अरबी मुलुकहरु साउदी अरब, कतार, कुवेत, यूएई, ओमान तथा बहराइन हुन् । तिनै खाडी मुलुकहरुमा सबैभन्दा बढि समस्या