६ वर्षीया बालिकाको प्यान्क्रियाटिक ट्युमरको काठमाडौंमा सफल शल्यक्रिया

काठमाडौं, पौष १ । काठमाडौंको बसुन्धरास्थित इशान बाल अस्पतालले ६ वर्षीया बालिका मनीषाकुमारी यादवको प्यान्क्रियाटिक ट्युमरको सफल शल्यक्रिया गरेको छ ।
सिरहाकी मनीषाको पेटमा रहेको १० बाइ १० सेन्टिमिटरको प्यान्क्रियाटिक ट्युमरको जटिल शल्यक्रिया वरिष्ठ बालशल्य चिकित्सक डा. रामनन्दन प्रसाद चौधरी, ग्यास्ट्रो सर्जन डा. राकेशकुमार साहलगायतको टोलीले ६ घन्टा लगाएर गरेको हो ।
पेट दुख्ने समस्याबाट पीडित बालिकालाई विभिन्न अस्पतालमा उपचारका लागि पुर्‍याइएकोमा सिटी स्क्यानबाट पेटमा मासुको डल्लो रहेको पत्ता लागेको थियो । तर, उक्त डल्लो बढ्दै गएपछि चिकित्सकले ट्युमर भएको ठहर गरेका थिए ।
यस्तो समस्या विश्वमै अहिलेसम्म एक सय ५० जनामा मात्र देखिएको चिकित्सकको भनाइ छ । मनीषाको ट्युमरको सफल शल्यक्रिया भएपछि उनको परिवारमा खुशी छाएको छ । शल्यक्रिया गरेपछि मनीषाको स्वास्थ्य अवस्था सामान्य छ ।
आमाको गर्भमा भ्रुण अवस्थामा रहेको बेला नै गडबडी उत्पन्न भएर बालबालिकामा यस्तो समस्या देखिने चिकित्सकहरुको भनाइ छ । IMAGEKHABAR

अन्य समाचारहरु