पन्ध्र बर्षदेखि अफ्रिकी मुलुक युगान्डामा कार्यरत नेपालीको मृत्यु

पन्ध्र बर्षदेखि अफ्रिकी मुलुक युगान्डामा कार्यरत बुटवल निवास दानबहादुर खत्रीको निधन भएको छ। दुवै मृगौला खराब रहेको र फोक्सोमा पनि समस्या देखिएपछि खत्रीलाई आइतबार राजधानी कम्पालास्थित मुलामो अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालमै खत्रीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएन) युगान्डाका अध्यक्ष रमेश कँडेलले बताएका छन्।
खत्री खाना खजाना रेस्टुरेन्टमा सेफको रुपमा कार्यरत थिए। खत्रीको असामयिक निधन प्रति गैर आबासिया नेपाली संघ अफ्रिकाका संयोजक हिक्मत थापा, युगान्डाको अध्क्षय रमेश कंडेलले गहिरो शोक प्रकट गर्दै शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट गरेका छन्।
खत्रीको अन्त्येष्टी पनि युगान्डामै गर्न लागिएको अध्यक्ष कँडेलले बताएका छन्।
‘आठ लाख खर्च हुने देखिन्छ त्यो पैसा जुटाउन र यहाँ आफ्नो कूटनैतिक बिभाग नभएकोले सबै प्रक्रिया पूरा गरुन्जेल लामो समय लाग्ने भएकाले यहीं सतगत गर्ने निर्णय गरिएको छ’ कँडेलले भने ‘श्रीमती तथा नजीकको कूटनैतिक बिभागले नो अब्जेक्सन लेटर दिनु पर्ने हुन्छ हामी त्यसैको प्रक्रिया मा छौं ।’
खत्रीको शवलाई मुलागो अस्पतालमा राखिएको छ। NAGARIKNEWS