उमाकान्त पाण्डे/उज्यालो । यूएई,माघ १२ – रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली गत सात महिना अघी बाट संपर्क विहिन भएका छन । चार बर्ष पहिले कामका लागि मलेसिया पुगेका पाल्पा ७ छहराका हरी बहादुर खत्री तिवारी बेपत्ता हुनुभएको हो ।
गत साउन महिना बाट परिवारको संपर्कमा नरहेकोले परिवारलाई पिरलो परेको छ । ०६७ सालको साउनमा कामको लागि भन्दै मलेसिया जाने भनेर परिवार छोडेर हिंडेका खत्री मलेसिया पुगेर निरन्तर परिवारको संपर्कमा हुनुहुन्थ्यौ । तर गएको साउन बाट परिवारको संपर्क विहिन भएपछी परिवार चिन्तामा परेको छ । परिवारले उहाको खोजिका लागि बिदेशमा रहेका नियोग तथा बिदेशमा रहेका आफ्नी जिल्ला र छिमेकी जिल्लाहरुका संपर्क शाखाहरुलाई सहयोग गरिदिन आग्रह गरेका छन ।
परिवारलाई उहा मलेसियाको कुन कम्पनीमा जानु भएको हो भन्ने सम्म जानकारी छैन । मलेसिया पुगेर ३ बर्ष एउटै कम्पनीमा काम गरेको र एक बर्ष अघी मात्र कम्पनी छोडेर भागेर अबैध रुपमा टिप्पुवा काम गर्न लागेको एक बर्ष अघी सम्म परिवारको नियमित संपर्कमा रहदा बताउने गरेको परिवारको भनाइ छ ।
हाल:उहाको खोजी गरिदिन अन्तरास्ट्रिय अर्घाखाँची संपर्क मन्चलाई निवेदन परेको मन्चका सम्योजक रहेका राजु खड्काले उज्यालोलाई जानकारी दिनुभयो । उहाका अनुसार मलेसियामा रहेको अर्घाखाँची संपर्क शाखा मार्फत हराएका ब्यात्तिको खोजी अभियान चलाइको छ । खत्रिको परिवारमा बाबु आमा,एक श्रीमती र दुई छोरी रहेको र परिवारको मुख्य आयको स्रोतनै बेखबर भएपछी परिवारको बिचल्ली अवस्था पुगेको बहराइनमा कार्यरत उहाका साढु भाई केशब थापाले बताउनु भयो ।
– उज्यालो अन्लाईन बाट