बैङलोरस्थित कलेजमा शङ्कास्पद रुपमा मृत्यु भएका नेपाली विद्यार्थीको मृत्युको घटना छानबीनको माग

झापा  । भारतको बैङलोरस्थित अक्सफोर्ड इन्जिनियरिङ कलेजमा शङ्कास्पद रुपमा मृत्यु भएका नेपाली विद्यार्थी प्रशान्त झाको मृत्युको घटना छानबीनको माग गर्दै झापा विर्तामोडको बाल्मिकी एजुकेशन फाउण्डेसनले आज भारतीय दूतावासलाई ज्ञापनपत्र पठाएको छ ।
झाको मृत्यु प्रकरणमा बाहिर आएका सूचना शङ्कास्पद भएको जनाउंदै फाउण्डेसनले स्थानीय प्रशासन र भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको हो ।
भारतीय दूतावासको छात्रवृत्ति कोटामा अध्ययन गर्न गएका झाको गत पुस ३० गते राति कलेजको होस्टलमा मृत्यु भएको थियो ।
कलेज प्रशासनले होस्टलको सात तलामाथिबाट हाम फालेर झाले आत्महत्या गरेको दावी गर्दै आएको छ ।
तर उनको शरीरमा कुनै चोटपटक नभएकाले घटना नियोजित भएको फाउण्डेसनका निर्देशक गोपालकुमार बस्नेतले बताए । विर्तामोड