दिल्ली स्थित नेपाली देशभक्त युवा समाजको आन्तरिक बैठक सम्पन्न

बाबु रोका मगर 
दिल्ली, हरियाणा । भारतको राजधानी दिल्लीमा २०७१ माघ १७ गते तदनुसार ३१ जनवरी २०१५ को दिन श्री नेपाली देशभक्त युवा समाजले आफ्नो आन्तरिक बिशेष छलफल कार्यक्रमको  आयोजना गरेको थियो ।  उक्त कार्यक्रममा अबको आगामी दिनहरुमा दिल्ली,हरियाणा को NCR क्षेत्र लगायत भारतका बिभिन्न राज्यहरु मा भारतीयहरुले नेपालीहरु प्रती गरिने शोषण,हस्तक्षेप र नेपालीहरुले नेपाली प्रती गरिने शोषण,दमन तथा पैसाको निम्ती गलत कार्य गर्दै ठगी गर्नेहरुलाई कार्वाही गर्दै समाजमा नौलो परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।     
“नेपाली देशभक्त युवा समाज” मुनाफा रहित नेपाली र नेपाल राष्ट्रको हितका निमित्त सकारात्मक सोच र विचारका साथ नेपाली भूमिको हृदयदेखि नै संर्वङगिण विकास चाहाने हरेक नेपाली युवा-युवतीहरु र विभिन्न क्षेत्रमा परिचय बनाई सकेका स्वोदेश तथा बिदेशी भूमिमा रहेका नेपाली युवाहरु बिच प्रारम्भिक भेला र छलफल भई परिकल्पना गरिएको सामाजिक संस्था हो । विशुद्ध सामाजिक सेवाबाट उत्पे्ररित भई समाज र राष्ट्रमै विशेष योगदान रहने गरि नेपाली युवा वर्गलाई सचेत र नेतृत्वदायि भूमिका निर्बाह गर्दै राष्ट्र र राष्ट्रियताप्रति माया अनी सदभाव कायम राख्ने उद्देश्यका साथ नविनतम ढंगबाट स्थापना गर्न खोजिएकोछ। नेपालको आर्थिक, सांस्कृतिक, सामाजिक, प्राकृतिक, स्वास्थ्य, शैक्षिक, समसामयिक तथा ति सम्बन्धि जनचेतनामुलुक क्रियाकलापहरुमा नविनतम खोज, प्रयोग गरि सत्य र तथ्य धरातलमा समग्र कुराको सकारात्मक विश्लेषण गर्दै समाधानका उपाय खोज्दै सबै सरोकारवालालाई सचेत गराउने तथा नेपाललाई आन्तरिक तथा बहिय हस्तक्षेपबाट मुक्त गर्दै बिश्वोमा एक सफल रास्ट्रको रुपमा चिनाउने उद्देश्यले स्थापित यस संस्थाको यो विधान संस्था ऐन २०३४ को अधिनमा रही तर्जुमा गरिएको छ ।
संस्था २०७१ सालमा राजधानी काठमान्डौ मा दर्ता भएको छ भने संस्थाले विश्वका जुनसुकै देश अनी क्षेत्रमा आफ्नो कार्यक्रम स्वतन्त्र रुपमा  गर्न पाउनु पर्ने अधिकार  स्विकृति पराराष्ट्र मन्त्रालय सँग लिई सकेको छ | सो कार्यक्रममा निम्न देशभक्त युवाहरुको उपस्थिती रहेको थियो जस मध्य ,बाबुराम बन्जाडे,दिपेन्द्र कडायत, बाबु रोका मगर, पुरन कडायत अमरसिंह धामी, मिन बहादुर रावल,कमल कडायत,दिनेश खाती र राम बहादुर कडायत लगायत अन्य मित्रहरुको पनि उपस्थिती थियो |     
भारतका बिभिन्न राज्यहरुमा काम गर्दै बसोबास गर्नु भएका सम्पूर्ण नेपाली बुवा-आमा,दाजु-भाई तथा युवा-युवतीहरुले यो समाजमा जोडीन चाहने र आफु अनी आफ्नो आसपास मा नेपालीहरु प्रती गरिने कुनै शोषण,हस्तक्षेप आदी इत्यादी भएको खण्डमा तपाईंहरुले तुरुन्त तल दिएको मोबाइल नम्बर हरुमा संपर्क गर्नुहुन संस्थाका देशभक्त युवाहरुले आग्रह गरेको छ | “जय देशभक्त युवा”
संपर्क नम्बरहरु :- +91- 9156638696, 9871485836, 9711772222, 9560122275, 9871737911