आतंकबादी गतिबिधिमा संलग्न भएको अभियोगमा कम्बोडियामा एक नेपालीलाई ८ बर्षको जेल सजाए

८ बर्ष जेल सजाएँ सुनाइएका नेपाली धनपति पौडेल(दायाँ) र बंगलादेशी नागरिक ।
आतंकबादी गतिबिधिमा संलग्न भएको अभियोगमा कम्बोडियामा एक नेपालीलाई ८ बर्षको जेल सजाए सुनाइएको छ ।
कम्बोडियामा ब्यबसाय गर्दै आएका पर्वत कार्कीनेटाका धनपति पौडेल र अन्य दुई बंगलादेशीसहित तीन जनालाई त्यहाँको सर्वोच्च अदालतले बुधबार कैद सजायँ सुनाएको हो ।
सर्वोच्च अदालतले नोमपेनस्थित तीनवटा बिदेशी दूतावासमा सन् २०१० को अपि्रल महिनामा आतंकबादी आक्रमण गर्ने तीन जनाविरुद्ध तल्लो अदालतले गरेको फैसलालाई सदर गर्ने निर्णय गरेको छ