कोलोराडोमा क्रियाशिल दुई संस्थाबाट एमआरपीकोलागि घरदैलो कार्यक्रम संचालन गरिने

नातिबाबु भट्ट
कोलोराडो, अमेरीका । नेपाल सरकारले जारी गरेको हस्तलिखीत पासपोर्ट आगामी नेभेम्बर २४ देखि अमान्य हुने भएपछि एमआरपी बनाउन कोही नछुटुन् भन्ने उद्धेश्यले कोलोराडोमा सकृय दुई संस्थाद्धारा संयूक्तरुपमा घरदैलो अभियान संचालन गर्न लागेका छन् ।
नेपालीहरुको बाक्लो बसोबास रहेको स्टेटहरुमा छिटो र छरितो माद्यमबाट एमआरपी फारम वितरण तथा  संकलन गर्न स्थानीय संघ संस्थाहरु परिचालन गर्ने नेपाली राजदुतावास र एनआरएनको निती अनुसार हालै नेपाली घर र रकि माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष लाई आधिकारिक पत्र प्राप्त भएपछि घर दैलो कार्यक्रम गर्न लागिएको हो ।
स्थानीय ब्याक्तिहरुलाई परिचालन गरि आयोजना गरिने घरदैलो कार्यक्रम कोलोराडो स्प्रिङ्ग, भेल देखि फुट्कलिङ सम्म संचालन हुने नेपालीघरका अध्यक्ष नारायण श्रेष्ठले बताएका छन् । दुवै संस्थाको पहलमा कोलोराडो स्थित विभिन्न शहरमा बसोवास गर्ने सय जना भन्दा बढि स्थानीयलाई राजदुतावास र एनआरएनले निकट भविष्यमा संचालन गर्नलागेको कार्यशालामा सहभागी गराई उनीहरुको प्रत्यक्ष सहभागीतामा घर घरमा गई सहि तरिकाबाट फर्म भराई, संकलन गरिने अध्यक्ष्य श्रेष्ठले जनाएका छन् ।
नेपाल सरकारले विश्वको कुना कुना सम्म छरिएर बसोवास गरेका नेपालीहरुले तोकिएको समय भित्र एमआरपी बनाउन नछुटुन् भन्ने उद्धेश्यले चलाएको अभियानलाई सफल पार्न संस्थाको कांदमा आएको जिम्मेवारीलाई सक्रृयताकासाथ पुरा गर्ने रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्यले बताएका छन् । एमआरपीको लागि राजदुतावासमा पठाईएका धेरै आवेदन फारमहरु नेपाल सरकारले तोकेको ढांचा अनुसार नहुंदा धेरै नेपालीले दुख पाउने गरेको भन्दै संस्थाको सकृयतामा भरिएका फारमहरुलाई तालिम प्राप्त विशेष समितीले जांचेपछिमात्र राजदुताबास पठाईने हुंदा भरिएका कुनैपनि फारमहरु प्रकृयागत त्रुिटका कारण रद्ध नहुने दुवै संस्थाले दावि गरेका छन् ।