चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा तनाव

नेपालगन्ज – चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले शव उठाउन नमानेपछि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा तनाव भएको छ ।
कान्तिपुर दैनिकमा समाचार छ। बर्दिया बासगढी नगरपालिका वडा नं. ६ स्थित देउडा कलाकी ३३ बर्षीया सुशीला सिग्देल पौडेलको प्रसुति शल्यक्रियापछि मंगलबार सॉझ मृत्यु भएको थियो । शव अस्पतालको आपतकालिन कक्षमा राखिएको छ ।
शल्यक्रिया गरेर निकालिएका शिशुको अवस्था भने सामान्य छ ।

अन्य समाचारहरु