पाँचथर । पाँचथरको रानीटार गाविसमा एक महिला बलात्कृत भएकी छन् ।
रानीटार गाविस वडा नम्बर-१ हाम्फाबुङका २५ वर्षीय गणेश मेयोङबाले सोही ठाउँकी ३१ वर्षीया महिलालाई बलात्कार गरेका बताइएको छ ।
गत फाल्गुन २९ गते राति १० बजेको समयमा बलात्कृत भएपनि घटना तीन दिनपछि सोमबार मात्रै सार्वजनिक भएको हो । फरार रहेका अभियुक्त मेयोङ्बाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
बलात्कृत महिलाको उपचार भने जिल्ला स्वास्थ्य कार्यालयमा भैरहेको छ । इमेजखबरमा समाचार छ ।