हरियाणा राज्यको यमुना नगरमा नेपाली देशभक्त युवा समाजको नवौ समिति बिस्तार

बाबु रोका मगर 
दिल्ली १७ मार्च २०१५ । हरियाणा राज्य को यमुना नगर स्थित हरियाणा कश्मीर ट्रान्सपोर्ट कम्पनी सहरानपुर रोड यमुना नगरमा नेपाललाई आन्तरिक तथा बहिय हस्तक्षेपबाट मुक्त गर्दै विश्वमा एक सफल राष्ट्रको रुपमा चिनाउने उद्देश्य बोकेको संस्था नेपाली देशभक्त युवा समाज को नवौ समिति विस्तार भएको छ । 
कार्यक्रममा सभाको सभापतित्व श्री जयमणि जोशीले गर्नुभएको थियो भने सभाका प्रमुख अतिथि संस्थाका केन्द्रीय सदस्य दिपेन्द्र कडायत हुनु हुन्थ्यो यसै गरि संस्थाका केन्द्रीय सदस्य जनक वि क लगायत पुरन कडायत पनि अतिथि को रुपमा उपस्थिति हुनु भएको थियो । 
कार्यक्रम मा मनतव्यको क्रममा दिपकसिजापती,टेक बहादुर रावत,जनक वि क,पुरन कडायत, खडक वि क,भक्त बहादुर रावत लगाएत प्रमुख अतिथि दिपेन्द्र कडायत र सभाका सभापति जयमणी जोशी लगाएतका वक्ताहरुले आ-आफ्नो मनतव्य व्यक्त गर्नु भएको थियो कार्यक्रम को उद्घाटन बुद्धिजीवी तथा वरिष्ठ नागरिक खडक विक ज्युले गर्नु भएको थियो भने कार्यक्रम को संचालन संस्थाका सदस्य दिपक ढकाल ले गर्नु भएको थियो। 
श्री दिपक सिजापतीको अधक्ष्यतामा ११ सदस्यीय समिति गठन गरियो जुन निम्न प्रकार रहेको छ। अधक्ष्य :दिपक सिजापती उपाध्यक्ष वीरेन्द्र रावत,टेक ब. रावत सचिव भक्त रावत सहसचिव नर ब. रावत कोषाध्यक्ष  श्रीमती निर्मला सिजापती सदस्य दुर्गा ब. रावत, मान ब. रावत, ललित रावत, जगत विष्ट र दिपक वि.क रहनु भएको छ ।