यस साता सुनको भाउमा सामान्य बृद्धि

काठमाडौं  । यस साता सुनको भाउमा सामान्य बृद्धि आयो । साताभर सुनको भाउ तोलामा २ सय रुपैयाँले बढ्यो ।
आइतबार प्रति १० ग्राम ४३ हजार २ सय ९५ अर्थात् तोलाको ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा २ सय रुपैयाँले बढेर ५० हजार ७ सयमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस साता बुधबार सबैभन्दा कम तोलाको ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको ६ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ । इमेजखबरमा समाचार छ ।