इलाम – पत्रकार विमल प्रधानले विष सेवन गरी अात्महत्या गरेका छन् । उनले लेखेकाे तीन पेजकाे सुसाइड नोट फेला परेकाे छ । उनकाे निधनले इलाम स्तब्ध भएको छ । साेमबार राति १ बजे झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा प्रधानको निधन भएको हाे ।
नेपाल पत्रकार महासङ्घका साधारण सदस्य तथा प्रेस युनियनका केन्द्रीय पार्षद्समेत रहेका प्रधान इलामको गोदकमा रहेको पूर्णस्मारक विद्यालयका प्रधानाध्यापक पनि हुन् । इलामको समालबुङ गाविसमा घर भई हाल इलाम नगरपालिका