लुम्बिनी अंचलका ११ उच्च माविहरूलाई अस्थायी सम्बन्धनको प्रमाणपत्र वितरण

युबराज कंडेल /बुटवल चैत्र १८ – उच्च माध्यमिक शिक्षा परिषद द्वारा शैक्षिक सत्र २०७१/७१ मा सम्बन्धन प्राप्त लुम्बिनी अंचलका उच्च माविहरूलाई अस्थायी सम्बन्धनको प्रमाणपत्र वितरण गरिएको छ । 
उमाशिप बुटवल कार्यालय द्वारा आयोजित कार्यक्रममा  ११ वटा विद्यालयहरुलाई सम्बन्धन प्रमाणपत्र प्रदान गरिएको हो । 
प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै सम्बन्धन महाशाखाका उपसचिव सुवास पन्तले उच्च माध्यमिक तह विद्यालय र विस्वविद्यालय जोड्ने सेतु भएकोले उच्च मावी तह संचालन कार्य निकै चुनौतिपूर्ण र जिम्मेवारीपूर्ण कार्य भएको बताए । 
प्रमाण पत्र वितरण गर्दै रुपन्देहीका जीशीअ टेक बहादुर थापाले केहि व्यक्तिहरुले सबैले नीति नियम पालना गर्ने हो भने अहिलेकै भौतिक पूर्वाधार र जनशक्तिले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने बताउदै स्तरीय शिक्षा प्रदान गर्न चाहने जो सुकै संग पनि आफुले सहकारी र सहयोग गर्न तत्पर रहेको बताए । 
कार्यक्रममा शिक्षाविद प्राध्यापक रामलाल श्रेष्ठ ,शिक्षा पत्रकार समुह लुम्बिनीका सचिव कृष्ण मल्ल,नहरपुर् उमाविका प्राचार्य धनिस्वर गौतम,गोपाल भट्टराई, अनन्तराम शर्मा लगायतले बोलेका थिए । 
उमाशिप बुटवल कार्यालयका शाक्ष अधिकृत तारा पाण्डे को संचालन  र प्रमुख नोगेन्द्र खनालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालयका शाखा अधिकृत बाबुराम भण्डारीले उमाशिपले प्रदान गर्ने सेवा र उच्च माध्यमिक विद्यालयहरुले गर्नुपर्ने कार्यको बारेमा प्रकाश पारेका थिए । 

अन्य समाचारहरु