दाङ देउखुरी समाज यूएईको चेोथेा मासिक बैठक सम्पन्न

गीता मणि पाण्डे 
यूएई । दाङ जिल्लाबासीहरु जुट्दै छन प्रदेशी भूमिमा पनि बांधिदै छन एकताको सूत्रमा, बिर्सने छैनन दाङका आफ्ना मौलिकता,भुल्ने छैनन आफ्ना संस्कृति, रितिरिवाज र परम्परा हरु, बहुआयामिक, बहुजातिय, बहुधार्मिक एवम सामाजिक तथा सांस्कृतिक बिबिधताले भरिएको हाम्रो राष्ट्र नेपालको दाङ जिल्लाका बिभिन्न समुदाय लगायत राष्ट्र्को सर्बाङ्गीन बिकाशका साथै प्रबाशमा रहेका जिल्लाबाशी तथा सबै नेपालीहरुका समस्या संग सबै मिलीजुलि जुध्नका लागि, ‘सुरक्षित प्रबाश,समृद्द समाज निर्माण हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ हिजो मिति २०१५ अप्रिल ०३ शुक्रबारका दिन बरदुबई स्थित मेट्रो पार्क मा दाङ देउखुरी समाज यू.ए.ई.को मासिक चेोथेा बैठक सम्पन्न भएको छ। 
संस्थाका अध्यक्ष शान्त गिरिको अध्यक्षतामा सम्पन्न सो बैठकमा बोल्दै अध्यक्ष गिरिले हामीले आउँदा दिनहरुमा यहाँका विभिन्न नेपाली कृयाशिल संघ संस्थाको साथै यू.ए.ई.मा कार्यरत सबै नेपालीहरु सँग हातेमालो गर्दै अघाडि बढ्ने र सबै दाङ देउखुरीबासी हरुलाई समाजमा जोड्ने कुरामा जोड दिनु भएको थियो। साथै आसन्न नेपाली समाज यु. ए. ई.को महाधिवेशन सम्पन्नको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने समेत बताउनु भयको थियो भने, सो कार्यमा यहाँकासम्पूर्ण संघ संस्था र बुद्धिजिबी, पत्रकारहरुको सदा साथ र समर्थन पाउने विश्वास पनि ब्यक्त गर्नु भएको थियो। 
दिउँसो १२बजे देखी शुरुभएको बैठकमा संस्थाका गतिविधि आर्थिकसामाजिक कृर्याकलाप संस्थाका जिम्मेवारि वाड फाड जस्ता महत्त्वपूर्ण विषयमा छलफल भएको थियो । यस्तै गरि बोल्ने कर्म मा महासचिव दिनेश आचार्यले बिधान र उद्स्यका अनुरुप नै अघाडि बढ्ने प्रतिबद्दता ब्यक्त गर्दै लगत्तै समाजले अब आउँदा दिनहरुमा महत्त्वपुर्ण कार्यहरु गर्ने भन्ने बारेमा पनि बिशेष छलफल भएको थियो। 
निरन्तर ४घन्टा लामो छलफलमा संस्थाका सदस्यहरुले आफ्नो जिल्लाको संस्कृति,रितिरिवाज र परम्परा हरु साथै नेपाली ऎतिहासिक धरोहरहरुको प्रचारप्रसार र यु.ए.ई. मा रहेका सबै दाङ देउखुरीवासी हरुलाई एकजुट भइ तीब्र र प्रभावकारी रूपमा अगाडी बडाउन जस्तोसुकै सक्रियता जिम्मेवारि काम गर्न तयार भएको कुरा बताउदै संस्थाले जति सक्दो छिटो व्यापक स्तरका कार्यक्रम आयोजना गर्ने दाङ देउखुरी समाज यु.ए.ई.का प्रबक्ता नारायण आचार्यले जानकारी दिनु भएको छ।