गुल्मी पिपलधारा चौतारीद्धारा आगालागि घटनाका पिडित परिवारलाई राहात उपलब्ध

गुल्मी । पिपलधारा चौतारी सम्पर्क समिति विश्व संजाल गुल्मीको माताहातमा रहेको परोपकारि तथा मानव कल्याणकारी कोषका संयोजक श्री कृष्ण प्रसाद खनाल को अध्यक्षतामा सम्पन्न भएको बैठकले निर्णय गरे अनुसार पिपलधारा गा.वि.स वार्ड नं -९, बराजा स्थित भर्खरैमात्र स्वर्गीय हुनुभएका श्री घन बहादुर थापाको गोठमा भएको  धनजनलाई मूल्यांकन गर्दै यस संस्थाको परोपकारि तथा मानव कल्याणकारी कोषबाट तत्कालै नेपाली रूपैयाँ रू.३०,०००। -( अक्ष्यरूपी रू. तिस हजार) पिडित परिवारलाई राहात स्वरूप उपलब्ध गराएको छ।
   संस्थाका विदेश स्थित सल्लाहकार श्री चेतनाथ खनाल, श्री तेज बहादुर खत्री तथा नेपाल स्थित पिपलधारा गा.वि.स नागरिक समाजका अध्यक्ष श्री शिवहरि खनाल,  राजनितिक दलका प्रतिनिधि श्री नविन जि सि, श्री हरि बहादुर थापा, श्री रत्न प्रसाद खनाल,  श्री टान बहादुर के सि लगायत सामाजिक बुद्धिजिवि श्री घन बहादुर खड्का, शिक्षकहरू ज्ञानोदय मा.वि प्रधानाध्यापक श्री हुकुम महत, जयनेपाल प्रा वि प्रधानाध्यापक श्री तिलक खनाल,  जनकल्याण प्रा.वि प्रधानाध्यापक श्री कृष्ण के सि, यस संस्थाका स्थानिय सम्पर्क व्यक्ति श्री कृष्ण जि सि सर्वसाधारण नागरिक लगायतको अन्य सामाजिक व्यतित्वको उपस्थितिमा संयुक्त रूपमा उक्त सहयोग हस्तांतरण गरिएको हो।
  संस्थाका अध्यक्ष श्री बाबुराम थापा नेतृत्व स्थापनाकाल देखि नै यस्ता परोपकारि तथा कल्याणकारी सेवामा लागेको र आगामि दिनमा समेत गर्ने जानकारी उपाध्यक्ष श्री कमल जि सि ले वताउनु भएको छ।
संस्थाको तर्फबाट युएई उप-समितिका अध्यक्ष श्री टोप बहादुर गौतम नेतृत्वको युएई उप-समिति एवं मलेशिया उप-समितिका अध्यक्ष श्री दिपक महत नेतृत्व मलेशिया उप-समिति, वेलायत र कोरियाबाट र अन्य देश बाट यस कोषमा सहयोग आउने क्रम जारि भएपनि हाल  संस्थाको कोषमा प्रर्याप्त कोष नभएकोले तल्काल संस्थामा पिडित परिवारका निवेदनका आधारमा नभएर संस्थाका प्रतिनिधि र स्थानिय सल्लाहकार को घटनास्थल विवरण र मुल्यांकन मुताविक राहात उपलब्ध गराउने कोषाध्यक्ष श्री राम प्रसाद घिमिरेले बताउनु भएको छ।

अन्य समाचारहरु