इलाम – इलामको साकफारा-२ तोरीबारीमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नुनसरी खोलाबाट ढुङ्गा लिएर साकफारातर्फ जाँदै गरेको मे१त ३१२१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालक ३५ वर्षीय गणेश श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
उकालोमा भएकाले ट्र्याक्टर ब्रेकफेल भएर पल्टिएको बताइएको छ । मृतक श्रेष्ठको शव परीक्षणका लागि मोरङको मङ्गलबारे लगिने प्रहरीले जनाएको छ । रासस