संखुवासभाको ढोलबाजेमा जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु, ३ जना गम्भीर घाइते

 संखुवासभा । संखुवासभाको ढोलबाजेमा बुधबार दिउँसो जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।
खाँदबारीबाट वानातर्फ जाँदै गरेको को१ज १९३९ नम्बरको जिप खाँदबारीको ढोलबाजेमा दुर्घटना भएको हो । दुर्घटनामा परी वाना- ८ की कल्पना दर्नालको घटनास्थमै मृत्यु भएको हो ।
दुर्घटनामा खादबारी-१ का कुमार खाती, खादबारी-६ की सीता खाती र वाना-३ कि अन्जना दर्नाल गम्भीर घाइते भएका छन् ।
उनीहरुको खादबारी अस्पतालमा उपचार भइबरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इमेजखबरमा समचार छ । 

अन्य समाचारहरु