सिरहा – लहान ठाडी सहायकमार्गमा शुक्रवार भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । महदेबा पोर्त्ताहा गाबिसका ३० वर्षीय संजय यादवको मृत्यु भएको हो ।
लहानबाट ठाडीतर्फ गइरहेको ना१ख ८५८१ नम्बरको यात्रु बाहक बसले पैदल यात्रु यादवलाई ठक्कर दिदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाए ।
इलाका प्रहरी कार्यालय महेशबारीले बस र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । ईकन्तिपुरमा समाचार छ ।