आफ्नो सेवाको गुणस्तरमा सुधार ल्याउन नेपाल टेलिकमलाई निर्देशन

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले आफ्नो सेवाको गुणस्तरमा सुधार ल्याउन नेपाल टेलिकमलाई निर्देशन दिएको छ ।
टेलिकमको सेवाको स्तर खस्कँदै गएको गुनसो बढेपछि समितिले तीन महिनाभित्रै सेवामा गुणस्तरीयता ल्याउन निर्देशन दिएको हो ।
विहीबार सिंहदरबारमा भएको समिति बैठकमा नेपाल टेलिकमका अधिकारीहरुसँगको छलफलपछि सेवाको गुणस्तरमा सुधार ल्याउन निर्देशन दिइएको हो ।
समितिले दूरसन्चार कम्पनीहरुको सेवा प्रभावकारी भए/नभएकोबारे प्रभावकारी अनुगनमन गर्न सन्चार मन्त्रालयलाई पनि निर्देशन दिएको छ । इमेजखबरमा समाचार छ ।