काठमाडौं । साताको अन्तिम दिन विहीबार पनि शेयर बजार ऋणात्मक नै रहेर थामियो । यसदिन पनि बजार परिसूचक नेप्से करिब ४ अंकले ओरालो लागेर ९ सय ३८ मा आइपुग्यो ।
कारोबार भएकामध्ये बढीजसो समूह रातो रहेसँगै नेप्से ऋणात्मक रहेको हो । यसदिन बीमा, जलविद्युत्, विकास बैंक, वाणिज्य बैंक, व्यापार र वित्त समूह रातो रहे । बीमा समूह सबैभन्दा उच्च ३९ अंकले ओरालो लाग्यो । जलविद्युत समूह पनि १५ अंकले ओरालो लाग्यो । उत्पादनमूलक, अन्य र होटल समूह भने नगन्य अंकले हरियो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २७ कम्पनीको ६ लाख ३० हजार बराबर कित्ता शेयर २० करोड २५ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।