उमाकान्त पाण्डे / यूएई , बैशाख १२ – दैवी प्रकोपमा परेको नेपाललाई अन्तरराष्ट्रिय समुदायको सहयोग आउने क्रम जारी छ । रोजगारीका लागि प्रमुख गन्तब्य मानिएको सम्युत्त अरब एमिरेट्स यूईले आपतकालिन अवस्थामा रहेको नेपाल लाई सहयोग गरेको छ ।
यूएईले खाध्य तथा औषधी मुलक सामाग्री सहित बिमान नेपाल पठाएको यूएईका लागि नेपाली राजदुत धनन्जय झाले बताउनु भयो ।
यूएईले ड्राइ फुड , आपतकालिन प्राथमिक औसधी उपचारका सामाग्री , लत्ता कपडा तथा मानविय सहयोगका लागि उद्दार टोली नेपाल पठाएको आबुधाबी स्थित नेपाली दुतावासका द्वितिय सचिव कृष्ण अर्याले जानकारी दिनुभयो ।
यूएईका नेपाली समुदायमा रहेका संघसस्थाको आपतकालिन बैठक बोलाएर राजदुत झाले राहत सकलन अभियानमा जुट्न समेत अनुरोध गर्नुभएको छ ।
बैठक चलिरहदा यूएई का राष्ट्रप्रमुख खलिफ शैख खालिफा बिन जायद अल ह्यानले आबुधाबीका युवराज तथा सुप्रिम कमान्डर समेत रहेका शेख मोहम्मद बिन जायद अल ह्यान लाई यहाँको पररास्ट्र मार्फत राहत उपलब्ध गराउन निर्देशन दिएका राजदुत झाले जानकारी गराउनु भएको थियो ।
नेपाली दुतावासको समरक्षकत्व तथा दुतावासको निगरानीमा एनआरएन यूएईको नेत्रित्वमा यहाँ रहेका नेपाली संघसस्था सँग समन्वयब गरेर राहत अभियान सकलन सुरु गर्न समेत राजदुत झाले अनुरोध गर्नु भएको छ । यहाँ रहेका सम्पूर्ण नेपाली संघसस्थाका प्रमुख स्वतह सदस्य रहने गरी गैरआवसिय नेपाली संघ एनआरएन यूएईले सहयोग सकलनको नेत्रित्व गर्ने छ । राहत सकलन समितिले नेपाली तथा बिदेशी समुदाय सँग राहत सकलन गर्ने र त्यसका लागि आइतबार देखी नै दुतावासमा राहत सकलन केन्द्र राखेर सकलन अभियान सुरु गरिएको एनआरएन यूएईका अध्यक्ष कृष्ण भुसालले बताउनुभयो ।
यूएईमा रहेका सामाजिक अगुवाहरुले यहाँका दुई टेलिकम ईतिसलात , र डियु सँग एसएमएस सेवा मार्फत प्रधानमन्त्री राहत तथा उद्दार कोषमा रकम जम्मा हुने गरी एसएमएस् अभियान सन्चालन गर्न अनुरोध गरेका छन । सोमबार सम्म एसएमएस कोड दिएर सोही अनुसार एसएमएस मार्फत रकम जम्मा गर्न सकिने जनाइएको छ ।