महाभूकम्पका कारण पहिरो आएपछि मुग्लीन-नारायणगढ खण्ड फेरि अवरुद्ध

 चितवन – पृथ्वी राजमार्ग अन्तरगत नारायणगढ मुग्लिन खन्ड फेरि बन्द भएको छ । दिउसो १ बजे पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।
आइतबार र सोमबार बन्द भएको राजमार्ग सोमबार दिउसो २.३० पछि खुलेको थियो । महाभूकम्पका कारण राजधानी छोडेर हिडेका हज्जारौं मान्छे पहिरोका कारण जाममा परेका थिए ।
मंगलबार पनि पहिरोले सडक अवरुद्ध गर्दा राजधानी छोडेर जानेहरु रोकिएका छन् । सोही ठाउ चन्डीभन्ज्यांग ५ कालिखोलमा पहिरो आएको हो ।
चितवन प्रहरीले भने पहिरो हटाउनका लागि डोजर पठाउने व्यवस्था मिलाएको बताएको छ । पहिरो झर्ने क्रम नरोकिएकाले डोजर लगाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले बताए । उनका अनुसार डोजर सडकमै छ । यो सडकमा ढुंगा झर्ने र सुख्खा पहिरो खस्ने गरेकाले सडक अबरुद्ध बन्दै आएको छ ।  ईकन्तिपुरमा समाचार छ । 

अन्य समाचारहरु