आरपी सहयात्री
यूएई – शुक्रबार छोरा जन्मिएको खबरले संसारकै सबैभन्दा खुसी मान्छे आफूलाई सम्भि दै क्याम्पका साथीहरुलाई पार्टी दिएका मेलम्ची सिन्धुपाल्चोकका श्यामसुन्दर कडेलको खुसी १२ घन्टा पनि टिक्न सकेन । शनिबारको भूकम्पले उनको हर्षलाई शोकमा बदलिदियो । अस्पतालबाट डिस्चार्ज भएपछि नवजात छोराका साथ घर प्रवेश गरेको १० मिनेटमै उनकी २० वर्षिया श्रीमतीसहित बहिनी, हजुरआमा र धर्तीमा पाइला टेकेको दुई दिनका छोरालाई भूकम्पले एकै चिहान पारिदियो ।