भृकुटी बैंकद्धारा भुकम्प पिडितलाई तीन लाख एक हजार सहयोग

बुटवल । बुटवलमा केन्द्रिय कार्यालय रहेको भृकुटी डेभलपमेन्ट बैंक लिमिटेडले महाभुकम्पको प्रकोपमा परी मर्माहित भएका पिडितहरुलाई राहत स्वरुप तीन लाख एक हजार नगद सहयोग प्रदान गरेको छ । 

 


तस्बिर: भृकुटी डेभलपमेन्ट बैंक लिमिटेडबाट

 

बैंकले महाभुकम्पमा परी मृत्यु हुनेका परिवार तथा घाईतेको उपचारका लागी सो रकम रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझि मार्फत प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेको  हो । सहयोग हस्तान्तरणको अवसरमा बैंकका अध्यक्ष रोमणि प्रसाद पाठक संचालक गणेश पाठक,बाबुराम भट्टराई, होमराज बस्याल, खिमानन्द गौतम, मोतिलाल पाण्डे, छविलाल पाठक, दधिराम खरेल,बैकका कार्यकारी प्रमुख र नायव महाप्रबन्धकको समेत उपस्थिति रहेको थियो । बैंकले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कार्यरत कर्मचारीहरुको १ दिनको तलव, संचालकहरुको बैंठक भत्ता र  बैंकको तर्फ बाट जम्मा गरिएको थियो । 



यसैगरी भुकम्प पिडितहरुलाई सहयोग गर्न इच्छुक व्यक्ति संघ संस्थाहरुलाई सहज होस भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालको अनमुति लिई प्रधानमन्त्री देवी प्रकोप उद्धार कोष नामको खाता खोलिएको हुंदा यस बैंकको १० जिल्लामा रहेका २० वटा शाखाहरु मार्फत खाता नं. 001000194801 मा सहयोग रकम जम्मा गर्न सकिने व्यहोरा समेत बैकले जनाईएको छ ।