महाविपत्तिका बेला अमेरिका भ्रमणमा: स्वास्थ्य कार्यालय दोलखाका प्रमुख डा.अर्जुन सापकोटा निलम्बन

दोलखा  । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख डा.अर्जुन सापकोटा निलम्बनमा परेका छन् ।
महाविपत्तिका बेला सम्बन्धित जिल्लामा नबसी अमेरिका भ्रमणमा रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई कारबाही गरेको हो । उनको स्थानमा डा. खगेश्वर गेलाललाई खटाइएको छ ।
कार्यालय प्रमुख नहुँदा महाभूकम्पमा घाइते भएकाको उपचार तथा स्वास्थ्यकर्मी र स्वास्थ्यचौकीहरुको क्षतिको विवरण प्राप्त हुन निकै कठीनाइ भएको थियो ।  इमेजखबरमा समाचार छ ।

अन्य समाचारहरु